

काठमाण्डौ । नेपाल र वेस्ट इन्डिज ‘ए’ टोलीबीचको पाँच खेलको टी–२० क्रिकेट श्रृङ्खला आजदेखि शुरु हुँदैछ । आज पहिलो खेल दिउँसो सवा १२ बजेदेखि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा शुरु हुनेछ । यो श्रृङ्खलाका लागि दुवै टोलीले यसअघि नै खेलाडी घोषणा गरिसकेका छन् ।
नेपाली टोली रोहित पौडेल र वेस्ट इन्डिज ‘ए’ रोस्टन चेसको कप्तानीमा श्रृङ्खला खेल्दैछ । हिजोमात्रै नेपाली राष्ट्रिय क्रिकेट टोलीमा ४ खेलाडी थपिएका छन् । नेपाल क्रिकेट सङ्घ क्यान का सचिव पारस खड्काले अस्ति बिहीवार घोषणा भएको १६ सदस्यीय टोलीमा ४ खेलाडी थपिएको जानकारी दिए । कमलसिंह ऐरी, लोकेश बम, विनोद भण्डारी र सागर ढकाल थपिएका छन् ।
नेपाली क्रिकेट टोलीका कप्तान पौडेलले विगतको खराब नतिजालाई बिर्सेर वेस्ट इन्डिज ‘ए’ सँगको शृङ्खला खेल्ने बताएका छन् । वेस्ट इण्डिज ‘ए’ का कप्तान चेसले विश्वकपको तयारीका लागि यो शृङ्खला महत्वपूर्ण हुने विश्वास व्यक्त गरे ।
श्रृङ्खलाको दोस्रो खेल भोलि आइतवार, तेस्रो खेल बुधवार, चौथो खेल बिहीवार र पाँचौँ तथा अन्तिम खेल शनिवार हुनेछ । सबै खेल कीर्तिपुरमै हुनेछन् । नेपालले आईसीसी टी–२० विश्वकपको तयारी स्वरूप वेस्ट इन्डिज ‘ए’ सँग पाँच खेलको श्रृङ्खला खेल्न लागेको हो । यो श्रृङ्खलापछि नेपाली टोली टी–२० विश्वकप खेल्न अमेरिका जानेछ । वेस्ट इन्डिज पहिलो पटक नेपाल भ्रमणमा आएको हो ।
नेपालको टोली
रोहितकुमार पौडेल कप्तान, आसिफ शेख, कुशल भुर्तेल, अनिल शाह, आरिफ शेख, सन्दीप जोरा, दीपेन्द्र सिंह ऐरी, कुशल मल्ल, गुलशन झा, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिश जिसी, अभिनाश बोहोरा, विवेक यादव, आकाश चन्द, कमलसिंह ऐरी, लोकेश बम, सागर ढकाल र विनोद भण्डारी ।
खेलकुदबाट थप समाचार
पीएम कपमा पुलिस क्लबको लगातार दोस्रो जित
त्रिवि क्रिकेट मैदानमा फ्लडलाइट र प्यारापिट बढाउने काम सुरु
भावुक स्ट्याटस लेख्दै कप्तान अन्जिलाले मागिन समर्थकसँग माफी
विनियोजनमा देखिँदै आएको विकृति रोक्न रास्वपाको सुझाव
शिक्षकका माग तत्काल सम्बोधन हुनुपर्छ : सांसद ज्वाला
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
विश्व खोप सप्ताह प्रारम्भ
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७