

काठमाडौ । प्रभु केबुलकार एण्ड टुरिज्म लिमिटेडले सर्वसाधारणलाई प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने प्रक्रिया अघि बढाएको छ । सार्वजनिक सेयर निष्कासनका लागि कम्पनीले बिक्री प्रबन्धक नियुक्त गर्न शिलबन्दी बोलपत्र आवेदन मागेको छ । वैशाख ४ गते सूचना जारी गर्दै ४५ दिनभित्र शिलबन्दी बोलपत्र पेश गर्न भनिएको छ ।
कम्पनीको मुख्य लगानीकर्ता प्रभु स्टील्स एण्ड हाईड्रो ईक्युपमेन्ट इण्डस्ट्रिज लिमिटेड, प्रभु ऊर्जा कृषि पर्यटन विकास लिमिटेड, प्रभु होल्डिङ्गस् एण्ड हाईड्रो डेभलपमेन्ट कम्पनी लिमिटेड, हाईड्रो होल्डिङ्गस् एण्ड पावर डेभलपमेन्ट कम्पनी लिमिटेड र प्रभु जलविद्युत् विकास लिमिटेडका कर्मचारीहरूलाई छुट्याइएको १० प्रतिशत शेयर र यस कम्पनीको कर्मचारीहरूले प्रचलित कानून बमोजिम लिन पाउने शेयरको लागि आवश्यक वित्त व्यवस्थापनसमेत बिक्री प्रबन्धकले गर्नुपर्ने शर्त कम्पनीको छ ।
सिन्धुलीमा सिद्धबाबा केवलकार, लुम्बिनीमा सिद्धार्थ केवलकार र रामेछापमा खाँडादेखि केवलकार निर्माण गरिरहेको कम्पनीले प्रिमियम मूल्यमा ३० लाख कित्ता आईपीओ निष्कासन गर्ने जनाएको छ ।
अर्थ बाणिज्यबाट थप समाचार
सगरमाथा संवाद : जलवायु सङ्कटको न्याय खोजिँदै
शेयरबजार निरन्तर ओरालो, घट्यो कारोबार
विदेशी मुद्राहरुको विनिमयदर
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७