

काण्ठमाण्डौ । इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा सनराइजर्स हैदराबादले दिल्ली क्यापिटल्सलाई ६७ रनले पराजित गरेको छ । हैदराबादले दिएको दुई सय ६७ रनको लक्ष्य पछ्याएको दिल्लीले १९ ओभर एक बलमा सबै विकेट गुमाएर एक सय ९९ रन मात्रै बनाउन सक्यो ।
यसअघि दिल्लीमा भएको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको हैदराबादले निर्धारित ओभरमा सात विकेट गुमाएर दुई सय ६६ रन बनाएको थियो । सात खेलमा पाँचवटा जितेर १० अङ्क बनाएको हैदराबाद अङ्क तालिकाको दोस्रो स्थानमा छ । आठ खेलमा तीनवटा जितेको दिल्ली सातौं स्थानमा छ ।
शीर्षस्थानको राजस्थान रोयल्सको १२ अङ्क छ । आईपीएल क्रिकेटमा आज दुईवटा खेल हुँदैछन् । दिउँसो पौने ४ बजे हुने खेलमा कोलकत्ता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बैङ्गलुरु तथा बेलुका पौने ८ बजे पञ्जाब किंग्स र गुजरात टाईटन्स खेल्नेछन् ।
खेलकुदबाट थप समाचार
विश्वकप लिग-२ : आज नेदरल्याण्ड्ससँग खेल्दै नेपाल
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
२३ औं गोर्खाकप मे २५ मा आयोजना हुँदै
नेपाल र हङकङबीचको खेल वर्षाले रद्ध
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७