

काठमाण्डौ । साझा यातायात सहकारी संस्था लिमिटेडले काठमाण्डौ उपत्यकामा ४० वटा बिजुली बस सञ्चालन शुरु गरेको छ । यसका लागि आवश्यक ११ वटा चार्जिङ स्टेशन साझाको हाताभित्र निर्माण भएको छ । यो देशकै सबैभन्दा ठूलो चार्जिङ डिपो हो ।
बिजुली बस र चार्जिङ डिपोको आज उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले उद्धाटन गर्नुभयो । उहाँले अब नेपालमा अत्याधुनिक ट्राफिक बत्ती जडान कार्यलाई अगाडि बढाउने सरकारको योजना रहेको बताउनुभयो । यस्तै भूमि, व्यवस्था तथा सहकारीमन्त्री बलराम अधिकारीले साझालाई सबैको अपनत्व हुनेगरी लैजानुपर्ने बताउनुभयो । साथै यसलाई नाफामूलक बनाउनुपर्नेमा उहाँको जोड छ ।
कार्यक्रममा नेपाल विद्युत् प्राधिकरणका निर्देशक कुलमान घिसिङले पुराना डिजलबाट चल्ने गाडीलाई बिजुलीबाट चल्ने बनाउने नीति ल्याउन सरकारसँग माग गर्नुभयो । यस्तै ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले साझाका यातायात महानगरको खास क्षेत्रमा पनि सञ्चालन गर्नुपर्ने बताउनुभयो ।
मुख्य समाचारबाट थप समाचार
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
गौशालामा एकैपटक ८ वटा सवारीसाधन दुर्घटना
वृद्ध भत्ताको उमेर ७० वर्ष पुर्याउने सरकारको तयारी
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७