

काठमाडौ । पर्यटन व्यवसायीहरूले त्रिशूली नदीलाई ‘पर्यटकीय सम्पदा नदी घोषणा गरी संरक्षण गर्न माग गरेका छन् । त्रिशूली नदीमा ड्याम बनाएर १०० मेघावाट क्षमताको सुपर त्रिशूली जलविद्युत परियोजना सञ्चालन गर्न प्रयास भइरहेको प्रति ध्यानाकर्षण भएको भन्दै नेपाल नदी संरक्षण संस्था र नेपाल एसोसिएसन अफ र्याफ्टिङ एजेन्सिजले यस्तो माग गरेका हुन् । उनीहरूले यसबारे सर्वोच्च अदालतमा मुद्दा समेत दायर गरेका छन् । नेपाल नदी संरक्षण संस्थाका अध्यक्ष मेघ आलेले त्रिशूली नदी धार्मिक र सांस्कृतिक हिसावले समेत महत्वपूणर् रहेको भन्दै यसलाई संरक्षण गरेर राख्नुपर्ने बताए ।
नदीमा जलविद्युत बाँध निर्माण र अतिक्रमणले साहसिक जलयात्रा पर्यटन पूणर्रुपमा विस्थापित हुने उनीहरूको भनाइ छ । त्यसबारे सर्वोच्च अदालतमा परेको रिटमा मंगलबारका लागि पेशी तोकिएको र सम्बन्धित सबैलाई छलफलका लागि बोलाइएको अध्यक्ष आलेले जानकारी दिए । त्रिशूलीमा नुवाकोटको देवीघाटदेखि चितवनको देवघाटसम्मको नदी खण्डमा साहसिक जलयात्रा हुने गरेको छ भने त्यस क्षेत्रमा विभिन्न पर्यटकीय गतिविधिहरू हुने गरेका छन् ।
पर्यटनबाट थप समाचार
पछिल्ला वर्षमा पर्यटन आगमन दर वृद्धि
लेक लागेर मर्छन् विदेशी पर्यटक
रानीपोखरी अब सबैका लागि खुल्ला
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७