

एजेन्सी । इजरायलले गाजामा थप राहत सामग्री पुर्याउन तीनवटा मानवीय मार्ग खोल्ने भएको छ । उत्तरी गाजाको इरेज गेट युद्ध शुरु भएपछि पहिलो पटक अस्थायी रूपमा खाल्न लागेको इजरायलले जनाएको छ ।
मानवीय सहायता आपूर्तिका लागि अश्दोद बन्दरगाह पनि खोलिनेछ । यसबाहेक, जोर्डनबाट राहत सामग्री गाजा प्रवेश गर्नको लागि केरेम शालोम क्रसिङ पनि खोलिने बीबीसीले जनाएको छ ।
यसै हप्ता युद्धग्रस्त गाजामा इजरायलको आक्रमणबाट खाना तथा पानी वितरण गर्दै आएको खाद्य तथा परोपकारी संस्था वर्ल्ड सेन्ट्रल किचेनका सात जना सहायताकर्मीको ज्यान गएपछि प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले अमेरिकी राष्ट्रपति जो बाइडेनसँगको छलफलपछि यो निर्णय गरिएको खबरमा उल्लेख छ । युद्ध शुरु भएयता त्यस क्षेत्रमा अहिलेसम्म १ सय ९७ जना सहायताकर्मीको ज्यान गैसकेको छ ।
इजरायली हस्तक्षेप र लगातारको आक्रमणका कारण गाजा पट्टीमा बसोबास गर्ने २० लाख जनसंख्या भोकमरीको सङ्कटमा परेको र यस सम्बन्धमा संयुक्त राष्ट्रसङ्घको मानवीय सहायता निकायले पनि चेतावनी दिएको छ । एजेन्सी
प्रवासबाट थप समाचार
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
इजरायली सेनाद्वारा गाजा सहरको वरपर निकारी आदेश जारी
बेलायतको इमिग्रेसन नीतिमा व्यापक कडाइ
२३ औं गोर्खाकप मे २५ मा आयोजना हुँदै
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७