

काठमाडौँ । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ नौदिने चीन भ्रमण सकेर सोमबार बिहान स्वदेश फर्किएका छन् । परराष्ट्रमन्त्री श्रेष्ठको भ्रमण कूटनीति, राजनीतिक र धार्मिक रूपमा बढी चर्चामा रह्यो । तर चीनका विदेशमन्त्री वाङ यीको निमन्त्रणमा राजधानी बेइजिङसँगै अन्य थप तीन सहर भ्रमण गरेका उपप्रधानमन्त्री श्रेष्ठको यात्रा अर्थपूर्ण देखिन्छ ।
नेपाल हेर्ने चीनको ‘बेइजिङ प्लस थ्री’ नीति
उनले बेइजिङपछि अर्को ठूलो सहर छोङछिङ, तिब्बतको ल्हासा र सिचुवान प्रान्तको छेन्दुमा दुई पक्षीय उच्चस्तरीय भेटवार्ता गरे । ती तीनै क्षेत्र नेपालसँग जोडिएका वा नजिक रहेका चिनियाँ भूभाग हुन् ।
श्रेष्ठको भ्रमणलाई उत्तरी छिमेकको ‘बेइजिङ प्लस थ्री’ नीतिसँग जोडेर हेरिएको छ । चीनले पछिल्लो समय बेइजिङमा नीति निर्माण गर्छ भने तिब्बत, सिचुवान र छोङछिङबाट लगातार रूपमा द्विपक्षीय भेटवार्ता आदानप्रदान गरिरहेको छ । उपप्रधानमन्त्री श्रेष्ठको आइतबार सकिएको नौदिने भ्रमणलाई पनि त्यही नीति अनुरूप लिन सकिन्छ ।
उपप्रधानमन्त्री श्रेष्ठले भ्रमणबारे कान्तिपुरसँग भने, ‘यो भ्रमणमा नेपाल–चीन आर्थिक विकास करिडोरअन्तर्गत तिब्बत, सिचुवान र छोङछिङको तीन वटा स्थानमा बढी जोड दिएको छु । नेपालको आर्थिक विकास गर्नुपर्यो भने हामी ती तीन वटा क्षेत्रसँग जोडिनुपर्छ ।’
प्रवासबाट थप समाचार
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
इजरायली सेनाद्वारा गाजा सहरको वरपर निकारी आदेश जारी
बेलायतको इमिग्रेसन नीतिमा व्यापक कडाइ
२३ औं गोर्खाकप मे २५ मा आयोजना हुँदै
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७