TRENDING
होमपेज
बागमती प्रदेशमा नवनियुक्त मन्त्री रमा आले मगरले लिइन् शपथ


मकवानपुर । बागमती प्रदेशकी नवनियुक्त मन्त्री रमा आले मगरले पद तथा गोपनीयताको शपथ लिएकी छन् । मगरले विना विभागीय मन्त्रीको शपथ लिएकी हुन् ।
उनलाई बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् । नेकपा एकीकृत समाजवादीको तर्फबाट प्रदेश सभा सदस्य बनेकी मगरलाई मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सोमबार विश्वासको मत प्राप्त गरेपछि विना विभागी मन्त्रीमा नियुक्त गरेका थिए ।
नवनियुक्त विना विभागीय मन्त्री मगरले मुख्यमन्त्री कार्यालयमा पदभार ग्रहण गर्ने मुख्यमन्त्री तथा मन्त्रिपरिषद् सचिवालयले जनाएको छ ।
सो सचिवालय अनुसार, आगामी एक साताभित्रै थप मन्त्रिपरिषद् विस्तार गरी विना विभागी मन्त्री बनेकी मगरलाई कुनै एक मन्त्रालयको जिम्मेवारी दिइनेछ ।
मुख्य समाचारबाट थप समाचार
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
जेष्ठ ५, २०८२
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
जेष्ठ ५, २०८२
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
जेष्ठ ५, २०८२
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
जेष्ठ ५, २०८२
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
जेष्ठ ५, २०८२
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
जेष्ठ ५, २०८२
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
जेष्ठ ५, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७