

काठमाडौं । संवैधानिक परिषदको बैठक जारी छ। प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकले संवैधानिक निकायमा रिक्त पदाधिकारी नियुक्तिका लागि सिफारिस गनर्ने जनाएएएको छ।
परिषदका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमुख सत्ता साझेदार नेकपा एमाले र प्रमुख विपक्षी दल नेपाली कांग्रेसका शीर्ष नेतासँगको परामर्शपछि बैठक बोलाएका हुन्।
प्रधानमन्त्री प्रचण्डले हिजो बेलुकी एमाले अध्यक्ष केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवासँग संयुक्त छलफल गरेका थिए।
बैठकमा महालेखापरीक्षकसहित राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग र निर्वाचन आयोगमा रिक्त रहेका पदाधिकारी नियुक्तीका विषयमा छलफल हुने बताइएको छ। गत आइतबार नै बैठक बोलाइए पनि सभामुख देवराज घिमिरे जेनेभा भ्रमणमा गएकाले बैठक एक हप्ता पछाडि सारिएको हो।
प्रधानमन्त्री अध्यक्ष रहने परिषदका सदस्यहरुमा प्रधानन्यायाधीश, प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, प्रतिनिधि सभाका प्रमुख विपक्षी दलका नेता र प्रतिनिधि सभाको उपसभामुख रहन्छन्। एमालेसहितको सत्ता समीकरण बनेपछि पहिलो पटक संवैधानिक परिषद्को बैठक बस्न लागेको हो ।
मुख्य समाचारबाट थप समाचार
शिक्षकका माग तत्काल सम्बोधन हुनुपर्छ : सांसद ज्वाला
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
विश्व खोप सप्ताह प्रारम्भ
विनियोजनमा देखिँदै आएको विकृति रोक्न रास्वपाको सुझाव
शिक्षकका माग तत्काल सम्बोधन हुनुपर्छ : सांसद ज्वाला
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
विश्व खोप सप्ताह प्रारम्भ
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७