TRENDING
होमपेज
विश्वमा प्रत्येक दिन एक अर्ब डलरको खाना खेर जान्छ


काठमाडौ । विश्वमा प्रत्येक दिन एक अर्ब डलरको खाना खेर जाने गरेको छ। बुधबार सन् २०२२ को तथ्यांक प्रस्तुत गर्दै संयुक्त राष्ट्रसंघले खानाको नोक्सानीलाई ‘विश्वव्यापी त्रासदी’ भनेको छ ।
करिब ८० करोड मानिस भोकै बस्नुपर्ने अवस्थामा घर र व्यवसायले १० खर्ब डलरभन्दा धेरै मूल्यको खाना थन्क्याएर राखेको राष्ट्रसंघको पछिल्लो फुड वेस्ट इण्डेक्स रिपोर्टमा उल्लेख छ। रिपोर्टअनुसार सन् २०२२ मा बजारमा उपलब्ध सबै उत्पादनको करिब २० प्रतिशत अर्थात एक अर्ब टनभन्दा बढी खाना खेर गएको थियो।
राष्ट्रसंघीय पर्यावरण कार्यक्रम यूएनईपी का कार्यकारी निर्देशक इन्गर एण्डरसनले भनेका छन्, ‘खानाको नोक्सानी विश्वव्यापी त्रासदी हो, विश्वभरमा खानाको नोक्सानीका कारण आज मानिसहरू भोकै बस्नेछन्।’ रिपोर्टमा यस्तो प्रकारको नोक्सानी नैतिक मात्र नभएर ‘पर्यावरणीय असफलता’ भएको उल्लेख छ।
प्रवासबाट थप समाचार
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
जेष्ठ ५, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७