

काठमाण्डौ । भोलिदेखि शुरु हुने माध्यमिक शिक्षा परीक्षा एसइई को सबै तयारी पूरा भएको छ । चैत १५ देखि २७ गतेसम्म सञ्चालन हुने यस वर्षको एसईई परीक्षाको अन्तिम तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
बोर्डका अध्यक्ष प्राध्यापक डाक्टर महाश्रम शर्माले प्रश्नपत्र र उत्तरपुस्तिका जिल्ला–जिल्ला पुर्याइएको जानकारी दिँदै परीक्षालाई शान्तिपूर्णरुपमा सम्पन्न गर्न सबैलाई आह्वान पनि गर्नुभएको छ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने छ ।
एसईईलाई व्यवस्थित, मर्यादित, निष्पक्ष, भयरहित र शान्तिपूर्ण वातावरणमा सञ्चालन गर्न परीक्षामा खटिने केन्द्राध्यक्षलगायत जनशक्तिलाई अभिमुखीकरण गरेको बोर्डले जनाएको छ । परीक्षामा सामुदायिक तथा संस्थागत गरी १० हजार आठ सय छ वटा विद्यालयका पाँच लाख चार हजार चार सय १४ परीक्षार्थी सहभागी हुने एसईर्ई परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिनुभयो ।
परीक्षाका लागि कार्यालयले दुई हजार ६४ वटा परीक्षा केन्द्र निर्धारण गरेको छ । सबैभन्दा कम मनाङ र मुस्ताङमा एकरएक तथा सबैभन्दा बढी काठमाण्डौमा एक सय २७ वटा परीक्षा केन्द्र छन् ।
यस वर्षको एसईईमा जापानमा रहेको केन्द्रमा २३ जना सहभागी हुने केन्द्रले जनाएको छ ।
शिक्षाबाट थप समाचार
शिक्षकले आन्दोलन जारी राख्ने, सरकारसँग भएन सहमति
‘शिक्षकका मागप्रति सरकार संवेदनशील बनोस्, – सांसद थिङ
वृद्ध भत्ताको उमेर ७० वर्ष पुर्याउने सरकारको तयारी
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७