

काठमाडौं । तराई मधेश क्षेत्रमा सोमबार होली मनाइँदै छ। पहाडी क्षेत्रमा फागुपर्व मनाएको भोलिपल्ट तराई मधेशमा होली मनाउने चलन छ।
काठमाडौं उपत्यकालगायत पहाडी भेगमा फागुन शुक्ल पूर्णिमाका दिन फागुपर्व मनाइन्छ। अष्टमीका दिन गाडिएको चिर पूर्णिमाको राति ढलाई दहन गरेपछि यो पर्व सम्पन्न हुन्छ। तराई मधेशमा भने पूर्णिमाको राति ‘होलिका दहन’ गरेपछि भोलिपल्ट होली मनाइन्छ।
तराईमा विभिन्न रंग तथा अबिर दलेर, पिचकारीले पानी छ्यापेर र शुभकामना साटासाट गरी होली पर्व मनाइन्छ। होलीका वेला गीत र नाचमार्फत पनि मनोरञ्जन गरिन्छ। यो क्षेत्रमा होलीमा गाइने जोगिरा गीतको विशेष महत्त्व छ। रैथाने परिकारले समेत यो पर्वमा रौनक थप्छन्।
पुराणका अनुसार हिरण्यकश्यपुको आदेशमा प्रह्लादलाई मार्न खोज्दा आगोले जलेर होलिका भष्म भएको सम्झनामा होली मनाइन्छ। यसैगरी द्वापरयुगमा कंसद्वारा बालक श्रीकृष्णलाई मार्न पठाइएकी पुतना मारिएको खुशीयालीमा व्रजवासीले फागु उत्सव चलाएको पनि बताइन्छ।
मुख्य समाचारबाट थप समाचार
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
गौशालामा एकैपटक ८ वटा सवारीसाधन दुर्घटना
वृद्ध भत्ताको उमेर ७० वर्ष पुर्याउने सरकारको तयारी
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७