

काठमाण्डौ । नेपालले फिफा विश्वकप २०२६ र एसियन कप छनौट अन्तर्गत दोस्रो चरणको खेलमा आज बहराइनसँग खेल्दैछ । यसअघि नेपालले बहराइनसँगको होमु खेल आज त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा खेल्ने तय थियो । तर एसियाली फुटबल महासङ्घ ९एएफसी० का प्रतिनिधिले दशरथ रङ्गशालाको निरीक्षण गरी यहाँ विश्वकप छनौटका खेल खेल्न नमिल्ने बताएपछि नेपालले होम एण्ड अवेु दुवै खेल बहराइनमा खेल्ने भएको हो ।
सहराइनसँगको अर्को खेल नेपालले यही चैत १३ गते खेल्ने छ । छनौट अन्तर्गत समूह ‘एच’मा रहेको नेपालले पहिलो चरणको दुवै खेलमा हार व्यहोरेको थियो । नेपालको समूहमा यूएई, बहराइन र यमन छन् । पहिलो चरणको दुवै खेल जितेको यूएई समूहको शीर्ष स्थानमा रहँदा बहराइन र यमनको दुई खेलमा समान २ अङ्क रहेको छ ।
यसअघि नेपाल मलेसियासँगको अनौपचारिक मैत्रीपूर्ण फुटबल खेलमा ५–१ गोलले पराजित भएको थियो । नेपाली फुटबल टोली फिफा विश्वकप छनोट खेलका लागि मलेसियाबाट बहराइन गएको हो ।
खेलकुदबाट थप समाचार
विश्वकप लिग-२ : आज नेदरल्याण्ड्ससँग खेल्दै नेपाल
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
२३ औं गोर्खाकप मे २५ मा आयोजना हुँदै
नेपाल र हङकङबीचको खेल वर्षाले रद्ध
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७