

एजेन्सी । राष्ट्रपति जो बाइडेनले संयुक्त राज्य अमेरिकामा गाडी उत्पादन कम्पनीका लागि अहिलेसम्मकै कडा नियमको घोषणा गर्नुभएको छ । उहाँले गाडी उद्योगको क्षेत्रमा विद्युतीय गाडीलाई प्रोत्साहनका लागि कडा नियम घोषणा गर्नुभएको बीबीसीले जनाएको छ । यो नियममा २०३२ सम्ममा ५६ प्रतिशत अमेरिकी विद्युतीय गाडी बिक्री वितरण गरिसक्ने लक्ष्य समावेश गरिएको खबरमा उल्लेख छ ।
लक्ष्य भेट्न सफल भएमा अमेरिकाको विद्युतीय गाडी उद्योगको क्षेत्रमा अहिलेको स्तरबाट ठूलो वृद्धि हुनेछ । यसअघि गएको वर्षदेखि नै विद्युतीय कार उत्पादकहरुलाई छुटको व्यवस्था गरिएको थियो । बाइडेनको प्रशासन कार्यालयले ग्रहको तापक्रम बढाउने ग्यास उत्पादनमा नाटकीय रूपमा कम गर्ने उद्देश्यले विद्युतीय गाडी उत्पादन तथा बिक्रीवितरणको लक्ष्य बढाइएको जनाएको छ ।
राष्ट्रपतिले घोषणा गर्नुभएको पछिल्लो नियमले आउँदो ३० वर्षमा ७ अर्ब टन कार्बन डाइअक्साइड उत्सर्जनलाई रोक्न मद्दत गर्ने वातावरणीय संरक्षण एजेन्सीले जनाएको छ । वातावरणीय क्षेत्रका समूहहरूले राष्ट्रपतिको यो कदमलाई उपायलाई स्वागत गरेका छन् । अमेरिकाले २०३५ देखि पेट्रोलबाट चल्ने सबै कारको बिक्रीमा प्रतिबन्ध लगाउने तयारी गरिरहेको खबरमा उल्लेख छ ।
प्रवासबाट थप समाचार
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
इजरायली सेनाद्वारा गाजा सहरको वरपर निकारी आदेश जारी
बेलायतको इमिग्रेसन नीतिमा व्यापक कडाइ
२३ औं गोर्खाकप मे २५ मा आयोजना हुँदै
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७