

काठमाडौ । भारतको एक कम्पनीले डेंगुबाट बच्नका लागि खोप बनाएको दाबी गरेको छ । हैदराबाद स्थित इन्डियन इम्यूनोलोजिकल्स लिमिटेडले संसारमै पहिलो पटक डेंगु भाइरसबाट बच्ने खोप तयार पारेको दाबी गरेको हो । कम्पनीका प्रवन्ध निर्देशक डा. आनन्द कुमारले सबै कुरा ठिक ढंगले अघि बढेमा परीक्षण पुरा भएर खोप सन २०२६ सम्म बजारमा आउने दाबी गरेको बीबीसी हिन्दीले जनाएको छ ।
उनका अनुसार खोपको पहिलो चरणको परीक्षण सफल भएको छ । दोस्रो र तेस्रो चरणको परीक्षण छिट्टै सुरु हुँदैछ । संसारमा अहिलेसम्म डेंगु भाइरस प्रतिरोधी खोपको परीक्षण सफल हुन सकेको छैन । यसका धेरै भेरियन्ट हुने भएकाले खोप विकासमा चुनौती देखिएको छ ।
एक रिपोर्ट अनुसार विश्वभर हेरक वर्ष १० करोड मानिसलाई डेंगु हुने गरेको छ । जसमध्ये साढे तीन करोड भारतीय हुने गरेका छन् । नेपालमा पनि डेंगुको संक्रमण बढ्दै गएको छ । गर्मी सुरु भएसँगै विभिन्न क्षेत्रमा यसले प्रकोपकै रुप लिने गरेको छ ।
स्वास्थ्यबाट थप समाचार
मोहन बैद्यको आइसियुमा राखेर उपचार जारी
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
लागुऔषध कारोबारीको बिगबिगी, २४ घण्टामा आठ जना पक्राउ
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७