

काठमाण्डौ । चालु आर्थिक वर्षको पहिलो आठ महिना अर्थात साउनदेखि फागुनसम्ममा रोजगारीका लागि श्रम स्वीकृति लिएर विदेश जानेको सङ्ख्या चारलाख ७१ हजार पुगेको छ । वैदेशिक रोजगार विभागका अनुसार यो गएको आर्थिक वर्षको यही अवधिभन्दा १३ प्रतिशतले कम हो । यस आर्थिक वर्षको अहिलेसम्म सबैभन्दा धेरै मंसिरमा ७१ हजार र सबैभन्दा कम कात्तिकमा ४३ हजार जना बिदेसिएका छन् ।
फागुन महिनामा ६५ हजार ६५८ जनाले श्रम स्वीकृती लिएको विभागको तथ्याङ्कले देखाएको छ । यो नयाँ तथा पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या हो । फागुनमा कामको खोजीमा विदेशिनेमध्ये ६ हजार ७ सय ६८ महिला छन् भने ५८ हजार ८९३ जना पुरुष रहेका छन् । अघिल्लो वर्ष फागुनमा मात्र ६१ हजार ८ सय ४५ नेपाली विदेशिएका थिए ।
वैदेशिक रोजगारीको सिलसिलामा सबैभन्दा धेरै युनाइटेड अरब इमिरेट्स ९यूएई० मा नेपाली गएका छन् । फागुनमा मात्र १८ हजार ७ सयले यूएईका लागि श्रम स्वीकृति लिएको विभागको तथ्याङ्क छ । बितेको आठ महिनामा यूएईका लागि एक लाख २० हजारभन्दा धेरैले श्रम स्वीकृति लिएका छन् ।
यूएईपछि दोस्रो श्रम गन्तव्य देश कतार रहेको छ । यस अवधिमा कतारका लागि ९२ हजार ११४ जनाले श्रम स्वीकृति लिएका छन् ।
मुख्य समाचारबाट थप समाचार
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
गौशालामा एकैपटक ८ वटा सवारीसाधन दुर्घटना
वृद्ध भत्ताको उमेर ७० वर्ष पुर्याउने सरकारको तयारी
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७