

काठमाडौं । कुवेतमा कारको ठक्करबाट सडक छेउमा बसेका तीन नेपालीको मृत्यु भएको छ।
मंगलवार बिहान कुवेतको महाबुल्ला क्षेत्रको सी–साइड सडकमा भएको सडक दुर्घटनामा परी एकै कम्पनीमा कार्यरत तीन जना नेपालीको दुर्घटनास्थलमै ज्यान त्यहाँको प्रहरीले जनाएको छ।
दुर्घटनामा परी ज्यान गुमाउनेमा अछाको पन्चदेवल विनायक–५ का सुरत बहादुर कठायत, काठमाडौं नागार्जुन–२ का सुजन कार्की र धनुषा वेंगादवार–३ का धिरज गुर्मछाने मगररेको नेपाली राजदूतावास कुवेतले जनाएको छ। मृतकहरु कुवेतको एउटै कम्पनीमा कार्यरत सहकर्मी हुन्।
कुवेतकै हवालीमा बस्दै आएका सुजन र धिरज सोमवार राति रमादान सुरुभएको पुर्वसन्ध्यामा महाबुल्ला बस्ने साथी सुरतलाई भेट्न गएका थिए। उनीहरु दुबै जना बिहानै काममा जानका लागि निस्किएका थिए। कोठामा फर्किन लागेका साथीलाई बस चढाउन दुई साथीहरुसहित सुरत समेत बाहिर निस्किएका थिए।
प्रवासबाट थप समाचार
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७