

काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धनमा सहभागी हुन नेकपा ९एकीकृत समाजवादी० का अध्यक्ष माधवकुमार नेपालसँग प्रस्ताव राख्नुभएको छ । हिजो बेलुका अध्यक्ष नेपालको निवास कोटेश्वरमै पुगेर प्रचण्डले सत्ता साझेदारीको प्रस्ताव गर्नुभएको हो ।
रुघाखोकीले बिरामी नेपाललाई भेट्न भनेर प्रचण्ड पार्टीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठसहित उहाँको निवास पुग्नुभएको थियो । प्रचण्डले गठबन्धनमा आउन प्रस्ताव गरे पनि अध्यक्ष नेपालले पार्टीमा छलफल नगरी निर्णय दिन नसक्ने जवाफ दिनुभएको छ ।
उहाँले पछिल्लो राजनीतिक घटनाक्रममा आफ्नो पार्टीलाई निक्कै उपेक्षा गरिएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको थियो । फेरिएको सत्ता गठबन्धनले नेता नेपाललाई निक्कै अप्ठेरोमा पारेको छ ।
माओवादी एकीकृत समाजवादीलाई सहकार्यमा लैजाने पक्षमा भए पनि एमाले अहिलेसम्म सकारात्मक देखिएको छैन । पार्टी फुटेदेखि नै नेता नेपाल र एमाले अध्यक्ष केपी शर्मा ओलीबीचको सम्बन्ध बिग्रिएको छ ।
मुख्य समाचारबाट थप समाचार
शिक्षकका माग तत्काल सम्बोधन हुनुपर्छ : सांसद ज्वाला
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
विश्व खोप सप्ताह प्रारम्भ
विनियोजनमा देखिँदै आएको विकृति रोक्न रास्वपाको सुझाव
शिक्षकका माग तत्काल सम्बोधन हुनुपर्छ : सांसद ज्वाला
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
विश्व खोप सप्ताह प्रारम्भ
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७