TRENDING

नेपालले हङकङमा टी २० सिरिज खेल्ने

काठमाडौ । नेपालले अर्को साता हङकङमा गएर फ्रेन्डसीप कप र टी–२० आई त्रिकोणात्मक सिरिज खेल्ने भएको छ ।
नेपाल र हङकङबीच फागुन २६ ९९ मार्च० मा फ्रेन्डसीप कपको खेल हुनेछ । दुई देशबीचको सम्बन्धको कारण उक्त टी–२० आई खेल हुने हङकङ क्रिकेट बोर्डले जनाएको छ ।

नेपाल, हङकङ र पपुवा न्युगिनीबीच त्रिकोणात्मक टी–२० आई सिरिज हुनेछ । यसअघि नेपाल, ओमान, युएई र हङकङबीच चार देश सम्मिलित टी–२० आई सिरिज हुने भनेपनि नहुने भएको छ ।