TRENDING

नेपालले नामिबियामाथि ३ रनको रोमाञ्चक जित

काठमाडौं । त्रिकोणात्मक टी २० सिरिजमा नेपालले पहिलो जित दर्ता गराएको छ। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा शुक्रबार भएको खेलमा नेपालले नामिबियामाथि ३ रनको रोमाञ्चक जित दर्ता गराएको हो।

नेपालले दिएको १ सय ८१ रनको लक्ष्य पछ्याएको नामिबियाले निर्धारित २० ओभरमा १ सय ७७ रन मात्र बनाउन सक्यो।

नामिबियालाई जितका लागि अन्तिम ओभरमा १२ रन आवश्यक थियो। करण केसीले ८ रन दिएर एक विकेट लिए।

योसँगै नेपालले पहिलो खेलमा ब्यहोरेको हारको बदला पनि लिन सफल भएको छ।