

काठमाण्डौ । टी–२० त्रिदेशीय क्रिकेट शृङ्खलाको पहिलो खेलमा अहिले नेपाल र नामिबिया खेलिरहेका छन् । कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस जितेर नामिबियाले ब्याटिङ रोजेको छ । उसले ताजा अवस्थामा १० ओभर चार बलमा ३ विकेट गुमाएर ६२ रन बनाएको छ ।
आईसीसी क्रिकेट विश्वकप लिग–२ को समापनपछि नेपाल, नामिबिया र नेदरल्यान्ड्सले टी–२० शृङ्खला खेल्न लागेका हुन् । नेपालले आउने जुनमा हुने टी–२० विश्वकपको तयारीको शुरुवातको रुपमा यो शृङ्खलालाई लिएको छ ।
नामिबिया र नेदरल्यान्ड्स पनि विश्वकप खेल्दैछन् । नेपाल र नेदरल्यान्ड्स एकै समूहमा छन् । नेपालले विश्वकप लिग–२ खेलेको टोलीमा केही परिवर्तन गर्दै यो शृंखलाका लागि १८ सदस्यीय टोली घोषणा गरेको थियो ।
एकदिवसीय टोलीका देव खनाल, भीम सार्की, सूर्य तामाङ र पवन सर्राफ टि–२० आई टोलीमा छैनन् । नेपालको टोलीमा रोहित पौडेल, आसिफ शेख, अनिल शाह, कुशल भुर्तेल, कुशल मल्ल, आरिफ शेख, दीपेन्द्र सिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, ललित राजवंशी, प्रतिश जिसी, सन्दीप जोरा, विनोद भण्डारी, विवेक यादव, राशीद खान, सागर ढकाल र अभिनाश बोहोरा रहेका छन्।
खेलकुदबाट थप समाचार
पीएम कपमा पुलिस क्लबको लगातार दोस्रो जित
त्रिवि क्रिकेट मैदानमा फ्लडलाइट र प्यारापिट बढाउने काम सुरु
भावुक स्ट्याटस लेख्दै कप्तान अन्जिलाले मागिन समर्थकसँग माफी
विनियोजनमा देखिँदै आएको विकृति रोक्न रास्वपाको सुझाव
शिक्षकका माग तत्काल सम्बोधन हुनुपर्छ : सांसद ज्वाला
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
विश्व खोप सप्ताह प्रारम्भ
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७