TRENDING

लिभरपुलले जित्यो इएफएल कपको उपाधि

काठमाडौं । कप्तान भर्जिल भान डाइकले अतिरिक्त समयमा गरेको गोलको मदतमा लिभरपुलले चेल्सीलाई १(० ले राजित गर्दै इएफएल कपको उपाधि जितेको छ ।

आइतबार राति लण्डनस्थित वेम्बली मैदानमा भएको फाइनल खेलमा लिभरपुललाई जिताउन भान डाइकले ११८औं मिनेटमा गोल गरे ।
त्यसअछि भान डाइकले ६०औं मिनेटमा गोल गरे पनि भिएआरले मान्यता नदिंदा लिभरपुल अग्रता लिनबाट बन्चित भएको थियो । तर अतिरिक्त समयमको खेल सकिन दुई मिनेट बाँकी छँदा भान डाइकले नै विजयी गोल गरे ।

लिभरपुलले दशौं पटक इएफएल कपको उपाधि जितेको हो । लिभरपुलले नै यो उपाधि सर्वाधिक जित्ने टिम समेत हो ।
लिभरपुलपछि म्यानचेष्टर सिटीले ८ तथा म्यानचेष्टर युनाइटेडले ६ पटक इएफएल कप जितेका छन् ।