

काठमाडौँ । रुसी सेनामा कार्यरत २४० जना नेपालीले उद्धारका लागि निवेदन दिएका छन् । रुस युक्रेनबिचको युद्धका क्रममा रुसी सेनामा भर्ना भएका नेपालीहरूले उद्धारका लागि निवेदन दिएका हुन् । उनीहरूका आफन्तमार्फत परराष्ट्र मन्त्रालयमा निवेदन दिएका हुन् ।
उजुरी दिएको आधारमा कन्सुलर सेवा विभागले आवश्यक प्रक्रिया अगाडि बढाएको छ ।
विभागमा महानिर्देशक प्रकाशमणि पौडेलले उद्धारका माग गर्दै निवेदन परेको बताए । रुसी सेनामा कार्यरत ४५ जना नेपाली स्वदेश फर्किसकेका छन् । व्यक्तिगत पहल तथा सरकारको पहलमा उनीहरू सकुशल नेपाल फर्किन सफल भएका हुन् ।
रुसी सेनामा कार्यरत १२ जना भन्दा बढी नेपालीको मृत्यु भइसकेको छ । सरकारले भने हालसम्म १० जनाको मात्रै आधिकारिता पुष्टि गरेको छ । तीबाहेक अन्य नेपालीको पनि मृत्यु भएको अनुमान गरिएको छ । उनीहरूको रुसमै अन्त्येष्टि गरिँदै आएको छ । शवको अन्त्येष्टि गरिए पनि अस्तु भने नेपाल पठाउन गरिएको छ ।
प्रवासबाट थप समाचार
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७