

काठमाण्डौ । अब नेपाली नागरिकले भारतमा सहजरूपमा भारतीय सिम कार्ड लिन पाउने भएका छन् । भारतका लागि नेपाली राजदूत डाक्टर शङ्कर शर्माले नेपाली नागरिकले अब सजिलै भारतीय सिम कार्ड पाउने जानकारी दिनुभएको छ ।
आफ्नो बारम्बारको पहलपछि भारतको सञ्चार मन्त्रालयअन्तर्गतको दूरसञ्चार विभागले नेपाली नागरिकका लागि सिम कार्डको ुकेवाईसी इन्स्ट्रक्शनु संशोधन गर्दै यस्तो व्यवस्था ल्याएको उहाँले बताउनुभएको छ । यो व्यवस्था भुटानका नागरिकका लागि पनि लागू हुनेछ ।
अहिले नेपालीहरू भारत जाँदा सिम कार्ड नपाएर समस्यामा पर्ने गरेका छन् । कतिपयले त्यहाँ रहेका आफन्तको सिम कार्ड मागेर काम चलाउनुपर्ने बाध्यता थियो । अब भने नेपालबाट सिधै भारतमा जाने नेपालीहरूले आफ्नो राहदानी, मतदाता परिचयपत्र वा दूतावासले जारी गरेको परिचयपत्रको आधारमा भारतको सिम लिन सक्नेछन् । तर नेपालबाहेक अन्य ठाउँबाट भारतमा प्रवेश गर्दा वैध भिसा र टिकटसहितको राहदानी अनिवार्य देखाउनुपर्नेछ ।
एक पटकमा सिम कार्डको वैधता अधिकतम तीन महिनासम्मको हुनेछ । यस्तो सिममा अन्तर्राष्ट्रिय रोमिङ अनुमति भने हुनेछैन ।
प्रवासबाट थप समाचार
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७