TRENDING

नेपाल ए ले क्यानडाविरुद्ध सन्दीपको कप्तानीमा फिल्डिङ गर्दै

काठमाडौं । नेपाल ए ले एकदिवसीय क्रिकेट शृङ्खलाको दोस्रो अभ्यास खेलमा क्यानडा ११ सँग पहिले फिल्डिङ गर्दैछ ।

माथिल्लो मुलपानी क्रिकेट मैदानमा भएको टसमा सन्दीप जोराले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन् ।
कप्तान विनोद भण्डारी आज टोली नभएपछि जोराले कप्तानको जिम्मेवारी पाएका हुन् ।

नेपाल पहिलो खेलमा ४ विकेटले पराजित भएको थियो ।