

काठमाण्डौ । आईसीसी विश्वकप क्रिकेट लिग–२ मा नेदरल्यान्ड्सले नामिबियालाई ७ विकेटले हराएको छ ।
कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा नामिबियाले दिएको १ सय २४ रनको सामान्य लक्ष्य नेदरल्यान्ड्सले २७ ओभर २ बलमा ३ विकेट गुमाएर भेटायो । नेदरल्यान्ड्सका माइकल लेभिटले ५७ रन बनाए । नामिबियाका गेरहार्ड इरासमसले ३ विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङ गरेको नामिबिया ३५ ओभर १ बलमा १ सय २३ रनमा अल आउट भयो । नामिबियाका जेजे स्मितले सबैभन्दा धेरै २६ रन बनाए । नेदरल्याड्सका आर्यन दत्तले करियरको उत्कृष्ट बलिङ गर्दै ९ ओभरमा ३४ रन दिँदै ६ विकेट लिए । यो नेदरल्यान्ड्सका लागि एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वोत्कृष्ट बलिङ हो ।
नेदरल्यान्ड्सको जितले नेपाललाई फाइदा पुगेको छ । नेपाल नेट रन रेटका आधारमा तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । ३ वटै टोलीले २र२ खेल खेलेकोमा १र१ खेल जितेका छन् । नेपालले नामिबियासँग हारेको थियो भने नेदरल्यान्ड्सलाई हराएको थियो । प्रतियोगितामा नेपालले अब पर्सि बुधवार नामिबिया र १३ गते आइतवार फेरि नेदरल्यान्ड्ससँग खेल्नेछ ।
आईसीसी क्रिकेट विश्व कप लिग–२ अन्तर्गत २०२४ देखि २०२७ सम्मको शृङ्खलामा ८ वटा टोलीले खेल्नेछन्, जसमा शीर्ष ४ वटा टोलीले सिधै विश्वकप छनोट खेल्न पाउनेछन् । पुछारका ४ वटा टोलीले प्लेअफ खेल्नुपर्ने हुन्छ ।
खेलकुदबाट थप समाचार
२३ औं गोर्खाकप मे २५ मा आयोजना हुँदै
नेपाल र हङकङबीचको खेल वर्षाले रद्ध
आईपीएल: चेन्नई प्लेअफ होडबाट बाहिरियो
अर्जेन्टिना ‘विश्वकप २०२६’ मा
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७