

एजेन्सी । रुसी सेनामा भर्ती भएर युक्रेनसँगको लडाइँमा ज्यान गुमाएका नेपालीका परिवारलाई नेपालमै क्षतिपूर्ति रकम पठाउन रुस सरकार तयार भएको छ । मस्कोमा रहेको नेपाली दूतावासमार्फत परिवारलाई क्षतिपूर्ति पठाउन रुस सहमत भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । रुसी सेनामा भर्ती भएर युद्धमा मारिएको पुष्टि भएका १० जना नेपाली नागरिकका परिवारले अब सरकारी संयन्त्रमार्फत क्षतिपूर्ति पाउने भएका छन् । यसअघि रुसले मृतकका परिवारका एकजना सदस्य क्षतिपूर्तिका लागि मस्को जानुपर्ने भन्दै आएको थियो ।
क्षतिपूर्तिका लागि रुसमा रहेको नेपाली दूतावासले मृतकका परिवारसँग समन्वय गरेर मृतकको पहिचान र सम्बन्ध खुलाउने कागजात पठाउने भएको छ ।
दूतावासले कागज प्रमाणित गरेर क्षतिपूर्ति रकम बुझेपछि त्यो रकम परराष्ट्र मन्त्रालयमा आउनेछ । त्यसपछि जिल्ला प्रशासन कार्यालयमार्फत पीडितका परिवारलाई क्षतिपूर्तिबापतको रकम हस्तान्तरण गरिने परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मृतकका परिवारले कति रकम बराबरको क्षतिपूर्ति पाउँछन् भन्ने यकिन भैसकेको छैन ।
रुसी सेनामा कति नेपाली कार्यरत छन् भन्ने यकिन विवरण पनि छैन । रुसमा रहेका परिवारका सदस्यलाई स्वदेश फर्काउन पहलका लागि माग गर्दै दुई सय ५० भन्दा धेरै परिवारले कन्सुलर सेवा विभागमा निवेदन दिएका छन् ।
प्रवासबाट थप समाचार
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
इजरायली सेनाद्वारा गाजा सहरको वरपर निकारी आदेश जारी
बेलायतको इमिग्रेसन नीतिमा व्यापक कडाइ
२३ औं गोर्खाकप मे २५ मा आयोजना हुँदै
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७