

काठमाण्डौ । चालु आर्थिक वर्षको सात महिनामा जम्मा ६३ अर्ब २७ करोड रुपैयाँ मात्रै विकास बजेट खर्च भएको छ । महालेखा नियन्त्रकको कार्यालयका अनुसार हिजोसम्म ६३ अर्ब २७ करोड ९५ लाख रुपैयाँ मात्रै खर्च भएको छ ।
बजेटमाफर्त चालु आर्थिक वर्षमा सरकारले तीन खर्ब दुई अर्ब रुपैयाँ विकास बजेट अर्थात् पुँजीगत खर्चको लक्ष्य लिएको थियो । सात महिनामा जम्मा २१ दशमलव चार प्रतिशत मात्रै खर्च भएको हो ।
यस्तै चालु खर्चतर्फ लक्ष्यको ४४ दशमलव ५८ प्रतिशत अर्थात् पाँच खर्ब तीन अर्ब ५९ करोड रुपैयाँ खर्च भएको छ । विभिन्न क्षेत्रमा लगानी र ऋण तिर्न विनियोजन भएको बजेट अर्थात् वित्तीय व्यवस्थातर्फ ३७ दशमलव १२ प्रतिशत अर्थात् एक खर्ब १२ अर्ब २५ करोड रुपैयाँ खर्च भएको कार्यालयले जनाएको छ । समग्रमा सात महिनामा छ खर्ब ७९ अर्ब ३८ करोड अर्थात् ३९ दशमलव २१ प्रतिशत बजेट खर्च भएको छ ।
यस्तै आम्दानीतर्फ राजस्व र अनुदान गरेर १४ खर्ब ७२ अर्ब रुपैयाँको लक्ष्य राखेकोमा सात महिनामा जम्मा पाँच खर्ब ८८ अर्ब २३ करोड रुपैयाँ मात्रै उठेको छ । यो लक्ष्यको ४० दशमलव १७ प्रतिशत हो । तर जति गर्दा पनि लक्ष्यअनुसार राजस्व सङ्कलन र खर्च गर्न नसकेको भन्दै सरकारले हिजो मात्रै बजेट संशोधन गरेको छ । अर्थ मन्त्रालयले बजेटको आकार १२ दशमलव ६२ प्रतिशत अर्थात् दुई खर्ब २१ अर्ब रुपैयाँले घटाएर १५ खर्ब ३० अर्ब २६ रुपैयाँमा झारेको हो ।
बैङ्किङ्गबाट थप समाचार
साताभर ओरालो यात्रामा सेयर बजार
ट्रकमा २५ करोड फेला, २ जना पक्राउ
ओम मेगाश्रीले भोली देखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने
नेप्सेमा २०.६८ अंकको गिरावट, यी कम्पनीको भयो सर्वाधिक कारोबार
विनियोजनमा देखिँदै आएको विकृति रोक्न रास्वपाको सुझाव
शिक्षकका माग तत्काल सम्बोधन हुनुपर्छ : सांसद ज्वाला
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
विश्व खोप सप्ताह प्रारम्भ
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७