

काठमाडौ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ । देशका पहाडी भू–भागमा आंशिक बदली र बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । तराईका थोरै स्थानहरूमा हुस्सु र कुहिरो लागेको छ ।
आज दिउँसो कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने मौसमविद् सरोज पुडासैनीले जानकारी दिए ।
उनले भने, ‘देशको उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली भएको छ, कैलालीको धनगढीमा हुस्सु र तराईका सम्पूर्ण भू–भागमा कुहिरो लागेको छ, आजसहित एक दुई दिनका लागि वर्षाको सम्भावना न्यून रहेपनि केही प्रदेशमा हिमपातको सम्भावना छ ।’
कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसमपूर्वानुमान महाशाखाले जनाएको छ ।
अहिले काठमाडौँको वायुको तापक्रम १० डिग्री सेन्टिग्रेड मापन गरिएको तथा पारदर्शिता तीन हजार पाँच सय मिटर रहेको छ । यसैगरी काठमाडौँको आजको न्यूनतम तापक्रम तीन दशमलव पाँच डिग्री रहेको तथा आज अधिकतम तापक्रम १८ देखि २० डिग्री सेन्टिग्रेड रहने मौसमविद् पुडासैनीले बताए । उनका अनुसार काठमाडौँमा वर्षाको सम्भावना नरहेको र काठमाडौँको मौसम आजका लागि मुख्यतया सफा रहने छ ।
यसैगरी आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना जनाएको छ ।
मुख्य समाचारबाट थप समाचार
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
गौशालामा एकैपटक ८ वटा सवारीसाधन दुर्घटना
वृद्ध भत्ताको उमेर ७० वर्ष पुर्याउने सरकारको तयारी
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७