

काठमाडौ । माण्डु हाइड्रोपावरले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक वित्तीय विवरणअनुसार कम्पनीको खुद नाफा गत वर्षको दोस्रो त्रैमासको तुलनामा ११.७७ प्रतिशत बढेको छ ।
कम्पनीले गत आर्थिक वर्षको दोस्रो त्रैमासमा १५ करोड २६ लाख रुपैयाँ खुद नाफा कमाएकोमा यो वर्षको सोही अवधिमा १७ करोड ५ लाख रुपैयाँ कमाएको छ ।
कम्पनीको बिक्री आम्दानी सामान्य घट्दा पनि वित्तीय खर्च नियन्त्रण भएपछि नाफामा वृद्धि देखिएको हो । कम्पनीले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा ४१ करोड ५२ लाख रुपैयाँको बिजुली बिक्री गरेको छ । गत वर्षको सोही अवधिमा ४३ करोड २७ लाखको बिजुली बेचेको थियो ।
कम्पनीको फाइनान्सियल लागत ९खर्च० गत वर्षको दोस्रो त्रैमासमा १५ करोड रहेकोमा अहिले १२ करोडमा झरेको छ । कम्पनीको सेयर पूँजी १ अर्ब ३६ करोड ३६ लाख रुपैयाँ बराबर छ ।
कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी २५ रुपैयाँ छ भने प्रतिसेयर नेटवर्थ १३९ रुपैयाँ ७९ पैसा छ । हाल यस कम्पनीको सेयर मूल्य बिहीबार बजार बन्द हुँदा ६८४ रुपैयाँ छ ।
अर्थ बाणिज्यबाट थप समाचार
सगरमाथा संवाद : जलवायु सङ्कटको न्याय खोजिँदै
शेयरबजार निरन्तर ओरालो, घट्यो कारोबार
विदेशी मुद्राहरुको विनिमयदर
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७