

आरम्भ चौतारी लघुवित्तको खुद नाफा ३९ प्रतिशतले घटेको छ । कम्पनीले सार्वजनिक गरेको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार साउनदेखि पुस मसान्तसम्म खुद नाफा १ करोड २४ लाख रुपैयाँ छ । जबकि गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीको खुद नाफा २ करोड ६ लाख रुपैयाँ थियो ।
कम्पनीको ब्याज आम्दानी घट्दा खुद नाफामा असर परेको देखिन्छ । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा ३८ करोड २० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेकोमा यो वर्षको सोही अवधिमा ३४ करोड ४७ लाख रुपैयाँ आम्दानी गरेको छ । पुस मसान्तसम्म वितरणयोग्य नाफा भने २ करोड ४६ लाख रुपैयाँ छ ।
तत्कालीन आरम्भ र चौतारी लघुवित्त मिलेर बनेको यस कम्पनीको सेयर पूँजी ३६ करोड ७१ लाख रुपैयाँ छ । कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी ६ रुपैयाँ ८० पैसा छ ।
कम्पनीको निष्क्रिय कर्जा सामान्य घटेको छ । गत वर्षको दोस्रो त्रैमाससम्म ४।६७ प्रतिशत रहेको निष्क्रिय कर्जा अहिले ४।६४ प्रतिशतमा झरेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १४४ रुपैयाँ ३९ पैसा छ ।
अर्थ बाणिज्यबाट थप समाचार
सगरमाथा संवाद : जलवायु सङ्कटको न्याय खोजिँदै
शेयरबजार निरन्तर ओरालो, घट्यो कारोबार
विदेशी मुद्राहरुको विनिमयदर
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७