

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सत्ताच्युत भएर प्रतिपक्षमा बसेको एमाले वर्तमान गठबन्धनको सरकार तोड्न उद्धत रहेको बताएका छन् ।
काठमाडौंमा सुरु पार्टीको दोस्रो केन्द्रीय परिषद् बैठकको उद्घाटन समारोहमा बोल्दै अध्यक्ष नेपालले एमालेले गैरजिम्मेवारीपूर्ण ढंगले नकारात्मक भूमिका निर्वाह गरिरहेको बताए । कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले भने, “प्रमुख प्रतिपक्षमा पुगेको एमालेले अत्यन्त गैरजिम्मेवारीपूर्ण ढंगले नकारात्मक भूमिका निर्वाह गरिरहेका छन् । विभिन्न ढंगले सरकार सञ्चालनमा रहेको वर्तमान गठबन्ध तोड्न उद्धत छ ।”
उनले राजनीतिक अस्थिरता पैदा गर्ने प्रयत्न एक वा अर्को ढंगले गरिरहेको बताए । प्रतिपक्षमा रहेका दलहरूले जस्तोसुकै विषयमा पनि संसद् अवरुद्ध गर्ने गरेको अध्यक्ष नेपालको भनाइ थियो ।
प्रतिगामी, तपस्यगामी शक्तिको क्रियाकलापले मुलुकलाई अस्थिरता प्रकट गरेको उनले बताए । राष्ट्रियता, लोकतन्त्र, सुशासन, सामाजिक न्याय र मानवअधिकारका विषयलाई सशक्त ढंगले अघि बढाउन लागि पर्नुपर्ने बताए ।
मुख्य समाचारबाट थप समाचार
शिक्षकका माग तत्काल सम्बोधन हुनुपर्छ : सांसद ज्वाला
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
विश्व खोप सप्ताह प्रारम्भ
विनियोजनमा देखिँदै आएको विकृति रोक्न रास्वपाको सुझाव
शिक्षकका माग तत्काल सम्बोधन हुनुपर्छ : सांसद ज्वाला
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
विश्व खोप सप्ताह प्रारम्भ
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७