TRENDING

प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटमा आज बाग्मती र लुम्बिनी तथा एपीएफ र गण्डकी खेल्दै

काठमाण्डौ । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज दुई वटा खेल हुँदै छन् । आज त्रिवि क्रिकेट मैदानमा बाग्मती प्रदेश र लुम्बिनी प्रदेशबीच खेल हुँदै छ । यस्तै मुलपानी क्रिकेट मैदानमा एपीएफ क्लब र गण्डकी प्रदेशबीच खेल हुँदै छ ।

प्रतियोगितामा अहिलेसम्म नेपाल पुलिस क्लब मात्र अपराजित रहेको छ । नेपाल पुलिस क्लब आफ्नो ६ खेलमा सबै खेल जितेर १२ अङ्कसहित शीर्ष स्थानमा रहेको छ । त्यसैगरी, बाग्मती प्रदेश ८ खेलमा १० अङ्क सहित दोस्रो स्थानमा छ भने समान अङ्कसहित मधेश प्रदेश तेस्रो स्थानमा रहेको छ ।

त्रिभुवन आर्मी क्लब ६ खेलमा ४ खेल जितेर ८ अङ्क सहित चौथो स्थानमा रहेको छ । अङ्क तालिकामा सुदूरपश्चिम प्रदेश पाँचौँ, एपीएफ क्लब छैटौँ, कर्णाली प्रदेश सातौँ, गण्डकी प्रदेश आठौँ र लुम्बिनी प्रदेश नवौँ स्थानमा रहेका छन् । कोशी प्रदेश भने अहिलेसम्म खेलेका ८ खेलमै हार बेहोरेर पुछारमा रहेको छ ।