

काठमाण्डौ । सरकारले कृषि र पशुपालनको क्षेत्रलाई विशेष प्राथमिकता दिएको दाबी गरे पनि ६ महिनामा अर्बौँ रुपैयाँको कृषिजन्य वस्तु आयात भएको छ ।
भन्सार विभागका अनुसार विदेशबाट हरिया सागपात र तरकारी, माछामासु, घिउ तेल, दाल चामल, कोदो मकै लगायतका खाद्यान्न ल्याउन अर्बौँ रुपैयाँ विदेशिएको छ । साउनदेखि पुससम्म २२ अर्ब २२ करोड रुपैयाँ भन्दा धेरैको खाद्यान्न मात्रै आयात भएको छ ।
नेपालकै पाखा पखेरामा मनग्य फलाउन सकिने कोदो पनि विदेशबाटै आएको छ । ६ महिनामा भारतबाट झन्डै ४४ करोड रुपैयाँको कोदो भित्रिएको छ । खाद्यान्न उद्योगका लागि चाहिने खाद्यान्न मात्रै १४ अर्ब रुपैयाँको आयात भएको छ । १७ अर्ब रुपैयाँको बिउबिजन भित्रिएको छ ।
यस्तै २५ अर्ब ३४ करोड रुपैयाँको घिउ तेल, १७ अर्ब ५० करोड रुपैयाँको तरकारी, १० अर्ब ७३ करोड रुपैयाँको फलफूल, १४ अर्ब ३८ करोड रुपैयाँको दुग्धजन्य पदार्थलगायतका वस्तु पनि आयात भएको छ ।
हरिया सागपातदेखि धान चामलसम्म विदेशबाटै किन्नुपर्ने भएपछि नेपाललाई कृषिप्रधान देश किन भनिन्छ भन्ने विषयमै बहस हुन थालेको छ ।
मुख्य समाचारबाट थप समाचार
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
गौशालामा एकैपटक ८ वटा सवारीसाधन दुर्घटना
वृद्ध भत्ताको उमेर ७० वर्ष पुर्याउने सरकारको तयारी
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७