

काठमाडौं । ७१ औं मिस वर्ल्ड प्रतियोगिताको आयोजनास्थल र मिति घोषणा भएको छ । मिस वर्ल्ड अर्गनाइजेसनले द हिडन ट्रेजरलाई इमेलमार्फत आगामी विश्व सुन्दरी प्रतियोगिताबारे जानकारी दिएको हो ।
जसअनुसार फेब्रुअरी १८ देखि मार्च ९ सम्म प्रतियोगिता भारतमा आयोजना हुनेछ । दिल्लीस्थित जी(२० सम्मेलनको आयोजनास्थल भारतमण्डपमा मिस वर्ल्डको उद्घाटन समारोह हुनेछ ।
दिल्लीमा प्रतिस्पर्धी सुन्दरी आठ दिन बस्नेछन् । ग्राण्ड फिनाले चाहिं मुम्बईस्थित रिलायन्स जिया कन्भेन्सन सेन्टरमा आयोजना हुनेछ । मिस वर्ल्डकी अध्यक्ष जुलिया मोर्लेले एक्स पहिलेको ट्वीटर मार्फत यसबारे पनि जानकारी दिएकी छन् ।
यो संस्करणमा ६ विधा हुनेछन्, जसमध्येको एक विधा ब्युटी विथ पर्पसको नियममा केही हेरफेर भएको छ । यसअघि ब्युटी विथ पर्पस विधामा एक जना मात्र विजेता चयन गरिन्थ्यो । यसपटक भने ६ महादेशबाट ६ जना विजेता चुनिनेछन् ।
मनोरञ्जनबाट थप समाचार
यस्तो छ नयाँ गित – ‘मायाको हाँसो’
चीनको स्मलरीग अवार्डको नोमिनेशनमा नेपालको सर्टफिल्म ‘पाउलो’
रानीपोखरी अब सबैका लागि खुल्ला
सर्वनाममा २ दर्जनबढी अन्तराष्ट्रिय नाटकहरु प्रदर्शन
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७