

काठमाडौ । चालू आर्थिक वर्ष २०८०र८१को दोस्रो त्रैमासमा बैंकहरूको खुद नाफा घटेको छ । बैंकहरूको खराब कर्जा वृद्धि र ब्याज आम्दानी घटेका कारण पुस मसान्तमा बैंकहरूको नाफा १० प्रतिशत घटेको हो । तथ्याङ्क अनुसार पुस मसान्तसम्म बैंकहरूले २८ अर्ब ७६ करोड रुपैयाँ खुद नाफा गरेका छन् । गत वर्षको पुसमा बैंकहरूले ३१ अर्ब ९४ करोड रुपैयाँ नाफा कमाएका थिए ।
गत वर्षको तुलनामा यस वर्ष बैंकहरूको नाफा ९.९४ प्रतिशत अर्थात् ३ अर्ब १७ करोड रुपैयाँ घटेको हो ।अर्थतन्त्र चलायमान हुन नसकेपछि रिकभरी नहुँदा दोस्रो त्रैमासको वित्तीय विवरण पनि खासै उत्साहजनक नआएको बैंकरहरू बताउँछन् । चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा अधिकांश बैंकहरूको वित्तीय विवरण नकारात्मक रहेकाले सेयरधनीहरूलाई निराश बनाएको छ ।
पछिल्लो समय ब्याजदर निरन्तर घटिरहेको भए पनि कर्जा प्रवाह भने घटेकाले दोस्रो त्रैमासमा व्यवसाय विस्तार हुन नसकेको बैंकरहरूको भनाइ छ । साथै, अघिल्ला वर्षहरूमा जथाभाबी लगानी बिस्तार गरेकाले बैंकहरूको खराब कर्जाको अनुपात पनि बढेको छ ।नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत डीसीईओ महेश शर्मा ढकाल तरलता प्रयाप्त भए पनि कर्जाको माग शून्य रहेको हुँदा वित्तीय विवरण उत्साहजन नआएको बताउँछन् । अर्थतन्त्र सुधारोन्मुख भए पनि अझै चलायमान नहुँदा रिकभरीमा समेत दबाब परेकाले दोस्रो क्वार्टर पनि चिन्ताजनक रहेको उनको भनाइ छ ।
खराब कर्जा बढेर प्रोभिजनिङ बढेका कारण नाफामा असर गरेको नबिल बैंकका नायव महाप्रबन्धक आदर्श बजगाईंले बताए ।समीक्षा अवधिमा तीन वटा बैंकको मात्रै नाफा बढेको छ भने अन्य सबै बैंकको नाफा घटेको छ । हिमालयन बैंक, प्राइम बैंक र एभरेष्ट बैंकको नाफा गत वर्षको तुलनामा बढेको देखिन्छ । हिमालयन बैंकको ५७.५३ प्रतिशत बढेर १ अर्ब ५० करोड रुपैयाँ, प्राइम बैंकको ३२.१३ प्रतिशत बढेर २ अर्ब १८ करोड रुपैयाँ र एभरेष्ट बैंकको ७.८८ प्रतिशत बढेर १ अर्ब ७१ करोड रुपैयाँ नाफा गरेका छन् ।
बैङ्किङ्गबाट थप समाचार
फेरि बढ्यो सुनको मूल्य
८ महिनामा व्यापार घाटा नौ खर्बमाथि : भारतसँग मात्रै ५ खर्बको
साताभर ओरालो यात्रामा सेयर बजार
ट्रकमा २५ करोड फेला, २ जना पक्राउ
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७