TRENDING

एसियन कप २०२३ ः हङकङलाई हराएर इरान नकआउट चरणमा

दोहा । इरानले शुक्रबार हङकङलाई १–० ले पराजित गर्दै एसियन कप २०२३ को नकआउट चरणमा आफ्नो स्थान सुरक्षित गरेको छ । इराक पनि प्रतियोगिताको अन्तिम १६ मा पुग्न सफल अर्को टिम बन्यो ।

एसियन कप २०२३ स् हङकङलाई हराएर इरान नकआउट चरणमा
इरानले समूह ‘सी’ मा प्राप्त लगातार दोस्रो जितमा मेहदी घायेदीले २४ औं मिनेटमा निर्णायक गोल गरे । हङकङको भने यो लगातार दोस्रो हार हो र शून्य अंकमा समूहको पुछारमा छ ।

त्यस अगाडि इराकले प्रतियोगिताकै सबैभन्दा बलियो टिम जापानलाई समूह ‘डी’ को खेलमा २–१ ले स्तब्ध पारेको थियो । इराको जितमा येमन हुसेनले दुई गोल गरे ।

यससँगै चार पल्टको एसियाली च्याम्पियन जापान प्रतियोगिताको समूह चरणका २६ खेलयता पहिलो हार बेहोर्न बाध्य रह्यो । समूहकै अर्को खेलमा इन्डानेसियाले भियतनामलाई १–० ले पन्छायो । जापान र इन्डोनेसिया दुवैको तीन तीन अंक छ ।