TRENDING
होमपेज
हिउँदे वर्षा नहुँदाको असर कम गर्न अहिलेदेखि नै तयारी थाल्न विज्ञको सुुझाव


काठमाण्डौ । यसवर्ष हिउँदमा पानी नपरेपछि किसान चिन्तित छन् । गहुँ, तोरी, मुुसुरो, तरकारी लगायतका हिउँदेबालीलाई अहिले पानी चाहिएको छ । तर देशका धेरै ठाउँमा हिउँदे वर्षा भएको छैन । केही दिनअघि पूर्वी पहाडका केही ठाउँमा फाट्टफुट्ट पानी परे पनि जमिन भिज्नेगरी वर्षा भएन । फाट्टफुट्ट मात्रै पानी परेको र पानी पर्दै नपरेको ठाउँका किसान हिउँदे वर्षाको पर्खाइमा छन् ।
मौसमविदका अनुसार तत्काल हिउँदे वर्षाको सम्भावना देखिँदैन, तर माघ मसान्तसम्ममा पानी पर्ने सङ्केत भने देखिएको छ । माघ मध्य या अन्त्यसम्ममा पानी पर्ने संकेत देखिएको जलवायुविद् डा। धर्मराज उप्रेतीले बताउनुुभयो । तर यसअघि मौसमविद्ले हिउँदमा धेरै वर्षा हुने भन्दै गरेको पूर्वानुमान फेल खाएकाले माघ मसान्तसम्म पानी पर्छ नै भनेर ग्यारेन्टी गर्न नसकिने उहाँको भनाइ छ ।
मुख्य समाचारबाट थप समाचार
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
जेष्ठ ७, २०८२
गौशालामा एकैपटक ८ वटा सवारीसाधन दुर्घटना
जेष्ठ ७, २०८२
वृद्ध भत्ताको उमेर ७० वर्ष पुर्याउने सरकारको तयारी
जेष्ठ ९, २०८२
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
जेष्ठ ७, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७