TRENDING
होमपेज
अमेरिकामा नयाँ राष्ट्रपतिको दौडमा ट्रम्पको सम्भावना बढ्यो


एजेन्सी । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प फेरि चुनावी प्रतिस्पर्धामा उत्रिने भएका छन्। राष्ट्रपतिको उम्मेदवार बन्न रिपब्लिकन पार्टीको आन्तरिक दौडमा ट्रम्पको सम्भावना बलियो बनेको हो।
आयोवामा रिपब्लिकन पार्टीको पहिलो ककसको जितले जो बाइडेनले फेरि एकपटक डोनाल्ड ट्रम्पको चुनौती सामना गर्नुपर्ने अनुमानलाई थप बल पुगेको छ। आयोवामा रिपब्लिकन पार्टीका एक हजार ६०० भन्दा बढी समर्थकले गोप्य मतदान गरेका थिए। यहाँ ट्रम्प विजयी भएका हुन्।
दक्षिण क्यारोलिनाका पूर्व गभर्नर निक्की हेली वा फ्लोरिडाका गभर्नर रोन डिसेन्टिस दोस्रो स्थानमा रहने अपेक्षा गरिएको छ। आयोवापछि, न्यू ह्याम्पसायर, नेभाडा र साउथ क्यारोलिनामा पनि ककस आयोजना हुनेछन्। त्यसपछि जुलाईमा रिपब्लिकन पार्टीको अधिवेशनमा राष्ट्रपति पदका उम्मेदवारको नाम आधिकारिक रूपमा घोषणा गरिनेछ।
प्रवासबाट थप समाचार
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
जेष्ठ ५, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७