

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमले साउदी अरेबियामा हुने प्रतियोगिता खेल्ने भएको छ ।
नेपालले वेष्ट एसियन फुटबल फेडेरेसन वाफले आयोजना गर्ने वाफ वुमन्स च्याम्पियनसिप खेल्ने भएको हो । अखिल नेपाल फुटबल संघ एन्फाको मंगलबार एन्फा कम्प्लेक्समा बसेको आपतकालीन समितिको बैठकले फेब्रुअरी १९ देखि २८ सम्म साउदी अरेबियामा हुने उक्त च्याम्पियनसिपमा सहभागिता जनाउने निर्णय गरेको प्रवक्ता सरेश शाहले जानकारी दिए ।
बैठकले यही माघ २७ गते नेपालको राष्ट्रिय युथ टिम र चीनको किङ्घाई प्राप्तको युथ टिमबीच मैत्रीपूर्ण फुटबल खेलाउने निर्णय पनि गरेको छ ।
चिनियाँ नया वर्षको उपलक्षमा चिनको एम्बेसी र राष्ट्रिय खेलकुद परिषद्को संयुक्त आयोजनामा हुने उक्त खेल दशरथ रंगशालामा हुनेछ ।
एन्फाले मैत्रीपूर्ण खेलका लागि भिआईपीतर्फ ५ सय र साधारणतर्फ ३ सय रुपैयाँ टिकट दर तोक्ने निर्णय समेत गरेको छ ।
खेलकुदबाट थप समाचार
विश्वकप लिग-२ : आज नेदरल्याण्ड्ससँग खेल्दै नेपाल
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
२३ औं गोर्खाकप मे २५ मा आयोजना हुँदै
नेपाल र हङकङबीचको खेल वर्षाले रद्ध
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७