

काठमाडौ । साताको दोस्रो कारोबार दिन मंगलबार शेयर बजारमा उछाल आएको छ । बजार परिसूचक नेप्से ५४ दशमलव ५४ अंकले बढेर २ हजार १७५ को विन्दुमा पुगेको छ । बलिया र राम्रा कम्पनीहरुको मापक सेन्सेटिभ इन्डेक्स पनि ९ दशमलव २६ अंकले बढेर ३९७ दशमलव ४३ विन्दुमा पुगेको छ ।
मंगलबार ३०४ वटा कम्पनीको २ करोड ३७ लाख ५३ कित्ता सेयर ८ अर्ब २ करोड ३८ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । मंगलबारको कारोबार रकम दुई वर्ष यताकै उच्च हो ।
यस दिन नेप्सेका १४ वटै उपसमूहमा हरियाली छाएको छ । वित्त समूह सर्वाधिक ४ दशमलव ७५ प्रतिशतले बढेको छ भने लगानी समूह ३ दशमलव ७० प्रतिशतले बढेको छ ।
मंलबार सोनापुर सिमेन्टको सर्वाधिक २८ करोड ३१ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ । मंगलबार १४ वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । २ सय १४ कम्पनीको शेयर बढ्दा मंगलबार ३१ वटा कम्पनीको शेयर मूल्य भने घटेको छ ।
अर्थ बाणिज्यबाट थप समाचार
सगरमाथा संवाद : जलवायु सङ्कटको न्याय खोजिँदै
शेयरबजार निरन्तर ओरालो, घट्यो कारोबार
विदेशी मुद्राहरुको विनिमयदर
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७