TRENDING

प्रधानमन्त्री कप क्रिकेटमा आज ३ खेल हुँदै

काठमाडौं । प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज तीनवटा खेल हुँदैछन् ।

आजको पहिलो खेल रुपन्देहीको भैरहवास्थित सिद्धार्थ क्रिकेट रङ्गशालामा कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशबीच ९ बजेदेखि सुरु हुँदैछ ।

बाँकी दुई खेल भने काठमाडौंमै हुनेछन् ।कीर्तिपुरको मैदानमा कोशी प्रदेश र नेपाल पुलिस क्लबबीच खेल सुरु हुनेछ भने मुलपानी क्रिकेट मैदानमा बागमती प्रदेश र मधेश प्रदेशबीच खेल हुँदैछ । दुबै खेल सवा ९ बजेदेखि सुरु हुनेछन् ।

हालसम्म सम्पन्न खेलको नतिजाअनुसार एपीएफ क्लब अङ्क तालिकाको शीर्ष स्थानमा छ । एपीएफले आफ्ना दुवै खेल जितेर चार अङ्क जोडेको छ ।