TRENDING

मेलम्चीको पानी माघ १ मा काठमाडौं आइपुग्छ

काठमाडौं । मेलम्चीको पानी काठमाडौं पठाउन सुरू गरिएको छ। सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका वडा नम्बर १ अम्बाथानमा रहेको बाँध क्षेत्रबाट पानी पथान्तरण सुरू गरिएको हो।

सुरूङ सफा गर्ने प्रयोजनका लागि बुधबारदेखि पानी पथान्तरण सुरू गरिएको मेलम्ची खानेपानी आयोजनाका प्रवक्ता राजेन्द्र पन्तले बताए।

‘गेग्रान भरिएको एक नम्बर गेट सफा गरेर पानी पठाउन सुरू गरिएको छ। सफा पानी बग्न थालेपछि नियमित प्रक्रियाबाट पानी आउँछ,’ प्रवक्ता पन्तले भने।

उनकाअनुसार अहिले प्रतिसेकेन्ड ६०० लिटर पानी पठाएर सुरूङ सफा गरिँदैछ।