TRENDING

पहिलो टी–२० क्रिकेटमा अफगानिस्तानसँगको भारतको जित

काठमाण्डौ । अफगानिस्तानसँगको पहिलो टी–२० क्रिकेटमा भारत ६ विकेटले विजयी भएको छ । योसँगै तीन खेलको शृङ्खलामा भारतले १–० को अग्रता बनाएको छ ।

जितका लागि १ सय ५९ रनको लक्ष्य पछ्याएको भारतले १७ ओभर ३ बलमा ४ विकेट गुमाउँदै भेट्टायो । भारतका शिवम् दुबे ६० रनमा अविजित रहे ।

अफगानिस्तानका मुजिब उर रहमानले २ विकेट लिए । आजमतुल्लाह ओमरजाइले १ विकेट लिए । त्यसअघि मोहालीमा टस हारेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ५८ रन बनाएको थियो ।

अफगानिस्तानका मोहम्मद नाबीले सर्वाधिक ४२ रन बनाए । भारतका अक्षर पटेल र मुकेश कुमारले समान २ विकेट लिए । शिवम् दुबेले १ विकेट लिए । दोस्रो टी–२० खेल पर्सि हुनेछ ।