TRENDING
होमपेज
भागवण्डा मिलाउन राष्ट्रिय सभामा सिट सत्ता गठबन्धनको बैठक बस्दै


काठमाडौं । राष्ट्रिय सभा निर्वाचनमा सिट बाँडफाँडबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्दैछ। बैठक बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ।
गठबन्धनको बैठक बुधबार पनि दुई पटक बसेको थियो । त्यसपछि सत्ता गठबन्धनका शीर्ष नेता एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफलमा बसेका थिए। छलफलका क्रममा ओलीले राष्ट्रिय सभामा मिलेर जान प्रस्ताव गरेको ब्रिफिङ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेका थिए।
ओलीले राष्ट्रिय सभामा आफूहरूलाई शून्यको अवस्थामा नपुर्याइदिन आग्रह गरेको बैठकमा सहभागी नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डले जानकारी दिए।
राष्ट्रिय सभामा खाली हुने सिटमा यसअघि दलले लिएका सिट सोही सत्तारूढ दलले लिने र खाली हुने एमालेको ९ सिट कसरी मिलाउने भन्नेमा छलफल केन्द्रित छ।
मुख्य समाचारबाट थप समाचार
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७