

काठमाण्डौ । मेलम्ची खानेपानी आयोजना मर्मतको काम ७० प्रतिशत सकिएको छ । बर्खामा बाढीले क्षति गरेको संरचनामा अहिले पुनः पानी पथान्तरणका लागि काम भैरहेको छ ।
बाढीले सिन्धुपाल्चोकको हेलम्बु–१ अम्बाथानमा रहेको मुहानस्थलमा क्षति गरेपछि मेलम्चीको पानी आउन सकेको छैन । आयोजनाका सिनियर डिभिजनल इञ्जिनियर पदमबहादुर कुँवरका अनुसार अब गर्नुपर्ने बाँकी काम केही कठिन छ । तर अबको १० दिनभित्र सक्ने गरी काम भैरहेको इञ्जिनियर कुँवरले जानकारी दिनुभयो । अहिले ४५ जना कामदारले काम गरिरहेका छन् ।
बाढीले हेडवर्क्सको संरचनालाई क्षति गरेपछि सुरुङमा पसेको ढुङ्गा, गिट्टी र बालुवा झिक्ने काम भैरहेको छ । बाँकी ३० प्रतिशत काम अबको १० दिनमा सकिए माघको पहिलो हप्ताभित्र काठमाण्डौमा अस्थायीरुपमा पानी आइपुग्नेछ ।
खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यले दीर्घकालीन रुपमा मेलम्चीको पानी काठमाण्डौमा निरन्तर झार्ने गरी काम भइरहेको बताउनुभएको छ ।
मुख्य समाचारबाट थप समाचार
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७