

काठमाडौ । सेयर बजार परिसूचक नेप्से बुधबार झण्डै २८ अंकले वृद्धि भएको छ । यो साताको सुरुवाती दिनदेखिनै ओरालो लागिरहेको नेप्से सूचक बुधबार २७।९० अंकले बढ्दै २०५८ अंकमा उक्लिएको हो । अघिल्लो दिन नेप्से सूचक ३० अंकले घटेको थियो ।
यस्तै आज क वर्गको सेन्सेटिभ इन्डेक्स समेत ३.७६ अंकले बढ्दै ३८४.२९ अंकमा उक्लिएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।
यता कारोबार अघिल्लो दिन बराबरकै हुँदै ४ अर्ब ४ करोड ८८ लाख ५७ हजार रुपैयाँ बराबरको १ करोड ५ लाख कित्ता सेयर किनबेच भएको नेप्सेले जनाएको छ । अघिल्लो ३० अंकले नेप्से घटेको बजारमा ४ अर्ब ४ करोड ४६ लाख रुपैयाँ बराबरको १ करोड ११ लाख ८५ हजार कित्ता सेयर दोस्रो बजारमा किनबेच भएको थियो ।
आज १३ वटै उपसूचक धनात्मक हुँदै हरियाली छाएको छ । सबैभन्दा बढी हाइड्रोपावर समूहको उपसूचक ३.०८ प्रतिशतले बढेको छ भने होटल तथा पर्यटन समूहको उपसूचक २।७० प्रतिशतले, इन्भेटमेन्ट समूहको उपसूचक २।१४ प्रतिशतले र म्यानु एण्ड प्रो समूहको उपसूचक २.०८ प्रतिशतले बढेको छ । अन्य समूहको उपसूचकहरु २ प्रतिशत कमले बढेका छन् ।
अर्थ बाणिज्यबाट थप समाचार
सगरमाथा संवाद : जलवायु सङ्कटको न्याय खोजिँदै
शेयरबजार निरन्तर ओरालो, घट्यो कारोबार
विदेशी मुद्राहरुको विनिमयदर
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७