TRENDING

अपराजित रहँदै एपीएफले जित्यो प्रधानमन्त्री कपको उपाधि, कोशी ११ रनले पराजित

काठमाण्डौ । सशस्त्र प्रहरी बलको एपीएफ क्लबले अपराजित रहँदै प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । आज बुधवार भएको फाइनल खेलमा कोशी प्रदेशलाई ११ रनले हराउँदै एपीएफले उपाधि जितेको हो ।

एपीएफले दिएको १ सय १५ रनको लक्ष्य पछ्याएको कोशीले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ३ रनमात्र बनाउन सक्यो । कोशीका लागि कप्तान रुबिना क्षेत्रीले सर्वाधिक ६२ रन बनाइन् । बलिङतर्फ एपीएफकी कप्तान सीता राना मगर र करुणा भण्डारीले समान १ विकेट लिइन् ।

यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको एपीएफले २० ओभरमा ७ विकेट गुमाएर १ सय १४ रन बनायो । एपीएफका लागि इन्दु बर्माले ५३ रन बनाइन् । बलिङतर्फ कोशीकी अप्सरी बेगमले ह्याट्रिक लिइन् । यस्तै एलिशा खडियाले २ विकेट लिइन् ।