

बैतडी । बैतडीको पाटन नगरपालिका ८ की चन्तरा महराको उमेर ६१ वर्ष पुग्यो । तर उहाँ अहिले १ कक्षामा भर्ना हुनुभएको छ । उहाँ आफ्नो नाती नातिनासंगै नियमित रुपमा दैनिक विद्यालय आउनुहुन्छ ।
सुरुसुरुमा नाती नातिनीहरूलाई पुर्याउन विद्यालयसम्म आउने गरेकी चन्तरा अहिले बढ्न थाल्नुभएको छ । गत वैशाखमा जनता मावि आरुबाटामा चन्तरा कक्षा १ मा भर्ना भएको विद्यालयका प्रधानाध्यापक राम कुँवरले बताउनुभयो । उमेरले नेटो काट्नै लागेको भए पनि बालबालिका झैँ भएर पढ्न थाल्नुभएको हो । उहाँ अहिले कविता पढ्ने, पढाउने र अक्षर चिनारी सिकिरहनुभएको छ । विद्यालयका शिक्षकहरूले पढ्न सुझाव दिएपछि आफु पनि भर्ना भएको उहाँले बताउनुभयो । ‘सरहरूले आमा तपाई पनि नाम लेख्न सम्म त सिक्नुहोला पढ्नुस् भन्नुभयो, मैलेपनि भर्ना गरेर पढाई सुरु गरेकी हुँ । अहिले अक्षर चिन्न सके, १ कक्षामा पढाइने धेरै कुरा सिकिसकेँ ।’ उहाँले भन्नुभयो ।
उमेर छँदै पढ्न नपाउँदा उहाँलाई अहिले ठूलो पछुतो छ । चन्तराका लागि विद्यालयबाट पुस्तक, कापी, कलम लगायतका आवश्यक सामाग्री उपलब्ध गराइएको छ । पढाइलाई अझै अघि बढाउने उहाँको धोको पनि छ । पढाइबारे घरपरिवार र समाजबाट पनि उहाँले सकारात्मक सल्लाह र सुझाव पाइरहनुभएको छ ।
शिक्षाबाट थप समाचार
एसईईको सबै तयारी सकियो
स्वास्थ्य बिमा रकम पाँच लाख पुर्याइने
नेपालमा १० लाख ८१ हजार बालबालिका बालश्रममा
विनियोजनमा देखिँदै आएको विकृति रोक्न रास्वपाको सुझाव
शिक्षकका माग तत्काल सम्बोधन हुनुपर्छ : सांसद ज्वाला
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
विश्व खोप सप्ताह प्रारम्भ
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७