

मुगु । पछिल्ला केही वर्षयता नेपालकै ठुलो र गहिरो ताल रारा घुम्न आउने आन्तरिक, तथा बाह्य पर्यटकहरू राराका अलावा छायाँनाथ रारा नगरपालिका वडा नं ९ पश्चिम दिशामा पर्ने मुर्माटप हिमाल रोजाइको विषय बन्न थालेको छ ।
समुन्द्री सतह देखि करिब ३ हजार ८ सय मिटरको उचाइमा अवस्थित मुर्माटप हिमाल बाट चुचेमारा हिमाल रारा तालको पुरै क्षेत्रफल, बाजुरा, जुम्ला, हुम्लाका केही भागका साथै विश्वका चार धाम मध्ये मुगु जिल्लाको करान भेगमा पर्ने दोल्फुमा अवस्थित पवित्र छायाँनाथ मन्दिर, समेत दृश्यावलोकन गर्न सकिने भएकाले पछिल्लो समयमा मुर्माटप हिमाल पर्यटकको आकर्षणको केन्द्र बनेको हो ।
यतिमात्र हैन मुर्मा टपबाट अपि, सैपाल, कान्जिरोवा, खप्तड क्षेत्र उत्तरी भोट क्षेत्र समेतको मनोरम दृश्यावलोकन समेत गर्न सकिने मुगुका पर्यटन व्यवसायी दृबिकृष्ण रोकायाले बताउनुभयो । यही मुर्माटपको विशेषता भएकाले रारा आउने पर्यटक मुर्माटप सम्म आउने गरेको रोकायाको भनाई छ । पछिल्ला वर्षहरूमा आन्तरिक तथा बाह्य पर्यटकहरूको बाक्लो उपस्थिति हुन थालेपछि पाहुनाहरूको खाना, बस्न तथा नास्ताको लागि टप नजिकै इको रिर्सोट स्थापना गरिएको पनि पर्यटन व्यवसायी रोकायाले बताउनुभयो ।
रारा तालबाट मुर्माटप जानका लागि २ घण्टाको पैदल दुरी मा पुगिन्छ भने घोडा बाट डेढ घण्टामा पुगिन्छ । रारा तालबाट मुर्मा गाउँ हुँदै मुर्माटप गुन्जिन्छ मुर्मा गाउँमा फापरको लगड , मौरीको मह, लोकल खसीको मासु, स्याउ, र स्याउका चाना, लेकाली उसिनेको आलु लगायतका परिकार चाख्न पाइन्छ । मुर्माटपमा पुगेपछि भवानी देवीको दर्शन समेत गर्न सकिन्छ मुर्मा टपमा रहेको भवानी देवी माताको दर्शन गर्न सकेको खण्डमा मनले चिताएको मनोकांक्षा पूरा हुने विश्वास रही आएको छ ।
विशेष गरि वर्षको करिब ७ देखि ८ महिना जति हिउँले ढाक्ने हुनाले हिउँसँग रमाउने पर्यटकको लागि महत्त्वपूर्ण स्थान रहेको छ । आकाश खुलेर घाम लागेको बेला हिमालको चारैतिर प्रकृतिका सुन्दर अनुपम मोती झैँ टल्किने हिमाल, रारा ताल, चुचेमारा, रारा राष्ट्रिय निकुञ्जको हरियाली जङ्गल लगायत अन्य मनमोहक दृश्यहरू अवलोकन गर्न सकिने भएकाले रारा ताल घुम्न आउने जोसुकै पर्यटक मुर्माटप नपुगी राराको भ्रमण अपुरो हुने रारामा भेटिने पर्यटकहरू बताउनु हुन्छ ।
- विनोद कुमार मल्ल
घुमफिरबाट थप समाचार
राप्ति नदीमा गोही छाडियो
सुक्खा पहिरो खस्दा महाकाली लोकमार्ग अवरुद्ध
भिजिविलिटी कमजोर हुँदा कैयौँ हवाई उडान प्रभावित
अन्नपूर्णले पोतेको खुसीका रङ
विनियोजनमा देखिँदै आएको विकृति रोक्न रास्वपाको सुझाव
शिक्षकका माग तत्काल सम्बोधन हुनुपर्छ : सांसद ज्वाला
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
विश्व खोप सप्ताह प्रारम्भ
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७